
काठमाडौं, २८ असोज आम जनता पार्टी (आजपा) जेन–जी आन्दोलन, वर्तमान सरकार र अहिलेको बदलिदो परिस्थितिबारेमा बुधबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दैछ ।आजपा अध्यक्ष प्रभु साहको उपस्थितिमा हुने उक्त पत्रकार सम्मेलनमा बदलिएको परिस्थितिबारेमा आजपाको धारणा सार्वजनिक गरिनेछ । यस्तै विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको बारेमा बहस हुँदै गर्दा राष्ट्रियसभा, प्रदेशसभा समेत विघटन गर्नुपर्ने र अन्तरिम सरकारसंगै अन्तरिम संविधान घोषणा गरी जेनजी आन्दोलनको माग सम्बोधन हुनुपर्ने आजपा अध्यक्ष साहले बताउदै आएका छन् ।शुसीला कार्की नेतृत्वको सरकारको समिक्षा सहित २१ फागुनमा हुने निर्वाचनको बारेमा समेत आजपाले आफ्नो धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।सरकारको काम, व्यवहार, निर्वाचन, प्रतिनिधिसभा, अन्तर्राष्टिय चलखेल, जेनजी आन्दोलन, करार कर्मचारी, बाढीपहिरो लगायतका बारेमा आजपाले आफ्नो धारणा सार्वजनिक गर्दैछ ।




























