काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा रहदा एउटा कुरा र प्रतिपक्षीमा रहदा अर्को कुरा नगर्न आग्रह गर्नुभएको छ ।शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले सवैले आफुले गरेको कामको मूल्याङ्नक र समिक्षा गर्नुपर्ने भन्दै सत्तामा रहदा एउटा कुरा र प्रतिपक्षीमा रहदा अर्को कुरा गर्नु उचित नभएको बताउनुभएको हो ।उहाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने धारणा राख्नुभयो । नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा गरेको काम जनतालाई भन्न सक्ने गरि हिसाबकिताब राख्न सक्नुपर्ने बताउनुभयो । उहाले मुलुकलाई अघि बढाउनका लागि एकतावद्ध भएर हिड्न सक्नुपर्नेमा जोड दिनुभयो ।नेता सिटौलाले अझै पनि सबैको समग्र मानसिकता सङ्घीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको बताउनुभयो ।