
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले बाल सिर्जनाका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभएको छ ।प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगर वडा नम्बर २७ ले बुधबार काठमाडौंको रानीपोखरी परिसरमा आयोजना गरेको पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता कार्यक्रममा प्रमुख शाहले अतिरिक्त क्रियाकलापले विद्यालय स्तरका बालबालिकाको चौतर्फी विकासमा योगदान पुग्ने भएकाले बाल सिर्जनाका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभएको हो ।उहाले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमलाई महानगरले निरन्तरता दिने उल्लेख गर्नुभयो ।बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्ने उहाको भनाइ छ ।त्यस्तै उहाले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा रहेको स्मरण गर्नुभयो । हाम्रा सांस्कृतिक सम्पदा विषयक स्थलगत चित्रकला प्रतियोगितामा बिभिन्न विद्यालयका २ सय जना विद्यार्थीहरुको सहभागी रहेका थिए ।




























