
काठमाडौं ।उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताका आधारमा योजनाहरुको छनौट गर्नुपर्नेमा जोड दिनुभएको छ ।बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उहाले नेपालकोे अर्थतन्त्रको अवस्थाको कारण प्राथमिकताका आधारमा योजनाहरुको छनौट गर्नुपर्नेमा जोड दिनुभएको हो ।उहाले जुनसुकै योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्ने र त्यसमा आवश्यक बजेट छुट्टाउन सके समयमा नै काम सम्पन्न हुनसक्ने धारणा राख्नुभयो । सिंहले बागमती लगायतका उपत्यकाका नदीहरू सफाइका लागि नयाँ रणनीति बनाइरहेको जानकारी दिनुभयो ।उपत्यकाका नदीहरूलाई सुधार्न गर्नुपर्ने धेरै कामहरु रहेको र डिजाइनमा देखिएको समस्याले देखिएका कठिनाइ सुधार गर्ने उहाले बताउनुभयो ।बैठकमा शहरी विकास मन्त्रालयबाट भइरहेका कामकारवाहीका बिषयमा छलफल गरिएको थियो ।




























