
नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट– २०२४) शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवंं विभिन्न संघ संस्थाहरूको सहकार्यमा काठमाडौंमा आयोजनामा शुक्रबार र शनिबार काठमाडौंको भृकुटिमण्डपमा एक्स्पो हुन लागेको हो । एक्स्पोले नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी होटेल, रिसोर्ट, होमस्टे, ट्रेकिङ, माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स, सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याइ नेपालको पर्यटन प्रवर्द्धनको लक्ष्य लिएको समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रवन्ध निर्देशक बिष्णु पाण्डेले जानकारी दिनुभयो । १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढी आगन्तुकका साथै एक्स्पोमा बिहार टुरिजम, रिजम मलेसियाको समेत सहभागिता रहने उहाले बताउनुभयो । उहाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।
एक्स्पोमा पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने र जसले गर्दा व्यापारिक सम्पर्क बढाउन मद्दत पुग्ने आयोजकको विश्वास छ । उक्त महोत्सवको अनुमानित खर्च १ करोड ८० लाख रुपैयाँ रहेको समिट इभेन्ट्स एन्ड मार्केट्सले जनाएको छ ।




























