
नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले अब राज्यका निकायमा उमेरको हद तोक्नुपर्ने बताए। “हामीले ५८ वर्षमा कर्मचारीले अवकास पाउने प्रणाली बनाएका छौं, भट्टराईले भने, “७० वर्षपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था कनि नगर्नेरु”उनले काम गर्ने मान्छे मात्रै राज्यको निकायमा आउनुपर्ने बताए। “हामीलाई ¥याल, सिगान काट्ने प्रधानमन्त्री होइन, काम गर्ने प्रधानमन्त्री चाहिएको हो,” भट्टराईले भने।उनले तत्काल मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। रोपाइँ गर्ने वेला भइसके पनि मलको अभाव हुँदा किसान मर्कामा परेको उनको भनाइ थियो।




























