ऐजेन्सी - चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।
वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ। यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ।१२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ।दुई दिनअघि दुई जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप दुई जनामा संक्रमण देखिएको हो।त्यसको केही समयपछि शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरियो। सार्वजनिक यातायात बन्द भए, शहरलाई उच्च जोखिमको वर्गीकरणमा राख्दै स्थानीय सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ।चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ। यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ।