
सरकारले परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार, परिवार योजना, सुरक्षित गर्भपतनलगायत प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा जानकारीका लागि नेपाल सरकार र सरोकारवाला निकायहरूले हेल्पलाइन सञ्चालनमा ल्याएका हुन् ।मेरी स्टाप्सले ११४३ एनटिसी र एनसेल प्रयोगकर्ताका लागि बिहान ७ देखि १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । त्यसैगरी, नेपाल परिवार नियोजन सङ्घ १६६००१४५००० एनटिसी प्रयोगकर्ताका लागि बिहान ७ देखि बेलुका ७ बजेसम्म सञ्चालनमा ल्याएको छ ।सिस्टर ममता(आईभिआर सेवा) एनटिसी १६६००१००४५५, एनसेल ९८०१५७२०२० हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।स्थायी बन्ध्याकरण सेवामा पुरुष बन्ध्याकरण र महिला बन्ध्याकरण पर्दछन् । सन्तानको रहर पुगेमा सही परामर्श लिई आफूलाई उपयुक्त लाग्ने परिवार योजनाका साधान प्रयोग गरी अनिच्छित गर्भ बस्न नदिन आग्रह गरेको छ ।सरकारले देशभरिका स्वास्थ्य संस्थामा परिवार योजनासम्बन्धी परामर्श र सेवासँगै कण्डम, पिल्स, डिपो, ईम्प्लान्ट, आईयुसीडी जस्ता गर्भ निरोधक साधानहरु निःशुल्क वितरण गर्दै आएको छ ।यदि कसैलाई परिवार योजनासम्बन्धी सेवा वा साधान आवश्यक परेमा नजिकैको स्वास्थ्य संस्थामा गई लिन सरकारकारले आग्रह गरेको छ ।Source :gorkhapatra




























