
काठमाडौंको कमलपोखरीमा भूकम्प सुरक्षा प्रदर्शनी हुने भएको छ । मगंलबार २५ औँ भूकम्प सुरक्षा दिवसअन्तर्गत पूर्व निर्धारित कार्यक्रममध्ये भोलिको प्रदर्शनी नियमित हुने भएको हो । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित यसपालिकाे भूकम्प सुरक्षा दिवस मनाइँदैछन् ।पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले आज मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । यसको तयारी चलिरहेका बेला माघ १ गते पोखरा महानगरपालिका वडा नं. १५ नयाँ गाउँस्थित सेती नदी खोँचमा यति एअरको ७२ जना यात्रु बोक्ने क्षमता भएको विमान दुर्घटना भएर यात्रुहरुको मृत्यु भयो ।त्यसै दिन बसेको मन्त्री परिषदको बैठकले आज शोक विदा दिने निर्णय गरेपछि आजका कुनै पनि कार्यक्रम आयोजना भएनन् । मन्त्री परिषदले शोक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।आज विहान नयाँ सडकस्थित भूगोल पार्कमा स्मृति सभा गर्ने र दिउँसो कमलपोखरीमा मूल समारोह तथा प्रदर्शनी गर्ने तयारी थियो । यस वर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय भएको छ । २०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ ०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा थियो ।दिवस मनाउन काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएका छन् । यी दुवै उपसमितिको सदस्य सचिवका रुपमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेटले) ले गरिरहेको छ ।‘शोक विदाका परेकोले आजका कार्यक्रम आयोजना गरिएनन् । पूर्व निर्धारित भोलिदेखिका कार्यक्रम चल्नेछन् । हामी त्यसैअनुसार तयारी गरिरहेका छौँ ।’ कार्यक्रमका विषयमा महानगरको विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।Source:Prabhab




























