
नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराईका बिभिन्न जिल्लामा भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गर्नुभएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै सांसद यादवले मधेशका तीन जिल्ला महोतरी सप्तरी, सर्लाहीमा आगलागीका कारण २ सय ७७ घर परिवारमा क्षति पुगेको भन्दै तत्काल भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गर्नुभएको हो । उहाले आगलागीका कारण दुई करोड भन्दा बढिको क्षति भएको र प्रभावितको बस्ने ठाँउ समेत नरहेकाले सरकारले आवश्यक राहतका साथै अन्य व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै सांसद यादवले यस बर्ष मनसुनका कारण अन्य बर्षमा भन्दा धेरै क्षति हुनसक्ने आंकलन गरिएको भन्दै सरकारको तयारीबारे जानकारी माग गर्नुभयो ।उहाले मनसुनजन्य विपद्बाट देशभर ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको अवस्थामा तयारी पनि त्यसै अनुरुप हुनुपर्ने जिकिर गर्नुभयो ।




























