
सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले मङ्गलबार बैठकमा पेस गर्नुभएको न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै मन्त्रिपरिषद् विस्तारबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ ।यसैगरी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित दलका प्रमुख नेता सहभागी हुनुहुन्छ ।




























