
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएकाे छ ।कञ्चनपुरमा रहेकाे सुदूरपश्चिम विश्वविद्यालयकाे दीक्षान्त समाराेहकाे लागि त्यहाँ पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टसँग भेटघाट गर्नुभएकाे हाे ।भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भन्नुभयाे, 'यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो ।




























