
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।अध्यक्ष लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि ज्यादती गरेको उल्लेख गरे ।अध्यक्ष लिङदेनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै आपत्ति जनाए ।




























