
सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् ।बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सो प्रकारणका सम्बन्धमा संसदलाई जानकारी गराउन सभामुखको रुलिङको माग गरेका थिए । संसद् बैठकमा जानकारीको माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन् ।




























