काठमाडाैँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचरका लागि आएका दुई जना बिरामीमा हैजाको आंशका गरिएको छ। अस्पतालमा उपचारका लागि आएका ती बिरामीमा हैजाको आंशका गरिएको अस्पतालकी निर्देशक मनीषा रावलले जानकारी दिइन्।हैजा पुष्टि नभए पनि लक्षण देखिएको उनले बताइन्।उनले भनिन्, ‘काठमाडौंको मोडेल अस्पतालमा उपचाररत २ जना युवती गम्भीर बिरामी हुनुभएको थियो। त्यहाँको प्रयोगशालामा गरिएको परीक्षणबाट हैजाको आशंका भयो। अहिले हामीले उहाँको स्वाब परीक्षण गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। शनिबारसम्म उहाँहरूको रिपाेर्टआउनेछ।’उनीहरूको अहिले आईसीयूमा राखेर उपचार हुँदै छ। काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा सरेको हुन सक्ने चिकित्सकले चेतावनी दिँदै आएका थिए। टेकु अस्पतालमा झाडापखालाका बिरामी पनि धेरै जना उपचाररत छन्।