
काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । यो उनको अठारौं कृति हो ।राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईं लगायतले उक्त कृति सार्वजनिक गरे ।
चापागाईंले कृति सार्वजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरण भेटिने वताए। उनले साहित्यकारको व्यक्तित्व तिनका कृतिमा भेटिने बताउँदै कृति विभिन्न रोचक प्रसंग र कविता तथा गजलहरूले सजिएको बताए ।कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.कपिल अज्ञातले वियोगीका नियात्रामा निजात्मक अनुभूति र सन्देशले भरिएको बताए।अर्का समीक्षक अनुपमा रेग्मीले कृति माथि वृहद समीक्षा गर्दै वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्ति गहन रूपमा आएको बताइन् ।कृतिकार बुढाथोकीले यो कृति आउनुको अन्तर्य सहित लेखकीय मन्तव्य व्यक्त गरे।शुभकामना मन्तव्य व्यक्त गरे ।कार्यक्रममा सर्जकहरू श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुली,सोझो गाउँले लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।प्रकाश घायलको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता विष्णुबहादुर सिंहले गरेका थिए ।शिवपुरी साहित्य समाज,शिवपुरी सन्देश त्रैमासिकको आयोजनामा उक्त कार्यक्रम भएको हो । नियात्राकृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।




























