
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।बिहीबार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत तामाङ र सुवेदीलाई नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।





























