श्रीमति ट्रायन हत्प्रभ थिइन् । उनलाई आफ्नो आँखामा विश्वास लागिरहेको थिएन । उनले हात बढाएर, नौसेनाको बर्दीमा सजिएको आफ्नो पति सर जर्ज ट्रायनलाई छुन खोजिन् । यो देखेर, त्यहाँ उपस्थित पाहुनाहरु कराए कि लेडी ट्रायनको हात सर ट्रायनको आरपार निस्केर गयो ।
यस प्रकार २२ जून, १८९३ को त्यो साँझ, लण्डनको सम्पन्न नागरिकहरुको शानदार बस्ती ईटन स्क्वायरमा आयोजित त्यो पार्टी भागदौड, चिच्याहट र डरको वातावरणमा बदलियो ।
श्रीमति ट्रायन त्यसै बेला बेहोश भइन् । तब एक बूढियाले सर ट्रायनसँग सोधिन्, “तपार्इं जीवित हुनुहुन्छ ?”
सर ट्रायनले अचम्म मान्दै ती स्त्रीलाई हेरे र आँखामा गहिरो अविश्वासको भाव लिएर उनी अचानक गायब भए ।
त्यो बेलासम्म ब्रिटेनको शाही नौसेनाका १३ जहाजसँगै बाइस एडमिरल सर ट्रायन लीबिया (ष्दिष्थब) को नजिकै भूमध्यसागरमा एक दुर्घटनामा डुबिसकेका थिए । उनको युद्धपोत–भिक्टोरियामा पानी भरिसकेको थियो र सर ट्रायन २२ अफिसर तथा ३६ नौसैनिकसँगै सयांै फुट गहिरो पानीमा डुबेका थिए । उनीसँगै गएका सिर्फ २५ अफिसर र २५९ नौसैनिक बचेका थिए, जसले किनारमा पुगेर सारा घटना बताए । एक अफिसर मेलविलले बताए कि भिक्टोरिया डुब्दा सर ट्रायन एकातिर जहाजको रेलिंग समातेर दृढताले उभिएका थिए । उनी कतै टाढा हेरिरहेका थिए । सायद उनलाई आफ्नी स्वास्नीको यादले सताइरहेको थियो ।
सर ट्रायनलाई थाहा भएन होला कि उनी कहिले मरे र कहिले भूत बने ।
यस्तै खालको घटना न्यूहेपटनशायरमा करिब ६० वर्ष पहिला भयो । त्यहाँ स्मिथको परिवारले ९८ वर्ष पुरानो एक जर्जर घर किनेका थिए । त्यो घरको सारा सामान जर्जर भैसकेको थियो । यसैले उनले घरको मर्मत गराउन शुरु गरे । श्ुरुवातमा त सबै ठीकठाक थियो । तर जब घरको एउटा कुनामा बनेको बाथरुमबाट, फलामको एउटा खिया लागेको बाथटब हटाइयो, तब मानौं प्रलय आयो । त्यो दिनदेखि, घरमा एउटा बूढो भूत लगातार देखिन थाल्यो ।
भूतको सबैभन्दा पहिलो शिकार स्मिथ परिवारकी जेठी छोरी १४ वर्षीया मेरी भइन् ।
आफ्नो कोठामा गहिरो निद्रामा सुतिरहेकी मेरीलाई अचानक एक रात यस्तो लाग्यो कि जस्तो उसलाई दुई बलिया हातले समातेका हुन् । उनको सास बन्द भयो । डराएर उनी कराउन थालिन् । तर उनको मुखबाट आवाज निस्केन । फेरि उनी बेहोश भइन् । बेहोश हुनुभन्दा पहिला उनले देखिन्, ड्रेसिंग गाउन लगाएको एक बूढो मानिस, त्यो ठाउँ, जहाँ पुरानो बाथरुम थियो, पर्खालमा छिरिरहेको थियो ।
भोलिपल्ट मेरीकी ४ बर्षीय बहिनी ट्यूलिपले त्यही बूढोलाई देखिन् । उनी आफ्नो ओछ्यानबाट दौडेर आफ्नी आमाको कोठामा छिरेर बेहोश भइन् । होश आएपछि उनले भनिन्, “ड्याडी त्यो बूढोलाई भगाइदिनुस् । ऊ हाम्रो कोठाको भित्तामा लुकेको छ ।” पछिपछि त यस्ता खालका रोमांचक घटनाहरुको बाढी नै आयो । स्मिथ परिवारले डराएर प्रख्यात परामनोवैज्ञानिक नार्मन गाथियरसँग सम्पर्क गरे । उनी भूतप्रेत भगाउनमा माहिर थिए ।
गाथियर आपूmसँगै दुई मानिस लिएर स्मिथको घरमा गए । ती दुवै व्यक्तिहरुमा एक पादरी थिए र दोस्रो प्रेतात्मासँग सम्पर्कको माध्यमको काम गर्थे ।
ती मानिसले घरमा छिर्ने वित्तिकै भने कि त्यहाँ साँच्चै कुनै प्रेतात्माको निवास छ ।
गाथियरले स्मिथलाई बताए कि त्यो प्रेतात्मा एक बूढो मानिस फिलिपको हो, जसको ६३ वर्षको उमेरमा, अचानक दिमाग अथवा मुटुको कुनै नसा फुट्नाले मृत्यु भएको थियो । उनी मर्ने बेलामा बाथटबमा नुहाइरहेका थिए । अतः उनको अचानक भएको मृत्युमा उनलाई थाहै भएन कि उनी मरेर भूत बनिसकेका छन् र मानिसहरु उनको भूतदेखि डराएर नै घर छोडेर गए । वर्षौं उनी आफ्नो घरमा यताउती मडारिरहे । जब स्मिथ परिवारले त्यो घर किनेर त्यसमा फेरबदल गर्न शुरु गरे तब उनी झस्किए उनलाई रिस उठेर आयो कि यी मानिस, उनको घरमा के गरिरहेका छन् । जब उनको प्रिय बाथटब हटाएर नयाँ टब राखियो, तब फिलिपको रिसको कुनै सीमा रहेन ।
फिलिपकी श्रीमति एल्थिया पनि मरिसकेकी थिइन् । तर उनलाई थाहा थिएन कि उनी मरिसकिन् । उनले गाथियरलाई बताए कि एल्थियाको आत्माले ऊसँग कहिल्यै भेट गरेन । जब गाथियरले उनीसँग सोधे कि के उनी भूत हुन्छ भन्ने कुरा मान्छन् ? तब फिलिपले भने, “म त आफ्नै घरमा बस्छु, बाहिर के हुन्छ त्यसको बारेमा मलाई केही थाहा छैन ।”
धेरै प्रमाणहरु दिएपछि उसलाई विश्वास लागेर आयो कि ऊ मरेर भूत बनिसकेको छ । जब उसलाई यो विश्वास भयो तब ऊ एउटा ढोकामा छिरेर गायब भयो ।
फेरि ऊ घरमा कहिल्यै देखिएन । यसैगरी एक अर्को प्रसिद्ध मामलामा पनि केही साथीलाई थाहै भएन कि उनी मरिसकेका छन् ।
ब्रिटेनको शाही वायुसेनाद्वारा सन् १९१४ मा बनाएको एयरपोर्ट बिरशेम न्यूटन सन् १९४८ पछिबाट, छात्र भवन–निर्माणको शिक्षा दिनको लागि प्रयोग गरिरहेको थियो । एक पटक लण्डनको एक व्यावसायिक संस्थाले छात्राहरुको लागि एक फिल्म बनाउनको लागि क्यामेरा टीम त्यहाँ पठाए, तब यूनिटका सदस्यसँग अनौठो–अनौठो दुर्घटना भए । सबै भागेर आए । त्यो यूनिटका एक सदस्य टेनिसका शौखिन थिए । एयरपोर्टको भित्री भवनमा स्क्वाशको दुई कोर्ट बनेका थिए । एक पटक उनी त्यहाँ खेलिरहेका थिए (स्क्वाश, भित्तामा बल हानेर छिटोछिटो तथा बलले खेलिन्छ, तब अचानक उनलाई लाग्यो उनलाई कसैले हेरिरहेको छ । उनले देखे, हलतिर आउने एक ग्यालरीमा, दोस्रो विश्वयुद्धको पोशाकमा एक पाइलट उभिएका थिए । उनी उनलाई रिसाएको नजरले हेर्दै एक भित्तामा गएर छिरे तब फिल्म यूनिटका ती सदस्य पनि दौडेर आए ।
यो घटनाको खोजबीन प्रख्यात परामनोवैज्ञानिक पीटर क्लार्कले गरेका थिए । बी.बी.सी रेडियोले पनि यसमा मद्दत ग¥यो र पायो कि एयरपोर्टको हलमा अज्ञात सैनिकको आवाज र हवाई जहाज उडेको र ओर्लेको ध्वनि भरिएको थियो ।
केही समयपछि सन् १९७२ मा बी.बी.सी. को टेलीभिजन टीम पनि त्यहाँ गयो । टीमसँगै यूरोपका प्रसिद्ध भूत–बाधा विशेषज्ञ जोनसटन पनि थिए । यो कार्यक्रम लाखांै मानिसले टी.भी.मा हेरे । सुटनले भूत प्रेतसँग सम्पर्क गरे, तब थाहा भयो कि त्यहाँ चार भूत थिए । उनीहरुमध्ये एक वायुसेनाका सिपाही विली थिए । विलीले दोस्रो विश्वयुद्धको बेलामा आत्महत्या गरेका थिए । विलीलाई थाहा थियो उनी मरिसकेका थिए । अरु तीन भूत पनि थिए, उनीहरुका नाम –गैरी (डस्टी), मिलर, पेट सुलिवन र गेरी आर्नाल्ड थिए– तीनैजना टेनिस प्रेमी थिए । तीनै जना गहिरो मित्र थिए र एक विमान दुर्घटनामा मारिएका थिए । अचानक भएको दुर्घटनामा, उनीहरु यो कुरा स्वीकार गरिरहेका थिएनन् कि उनीहरुको मृत्यु भैसकेको छ ।
तीनै भूतलाई यो कुरा अनौठो लाग्थ्यो कि उनीहरु सबैलाई देख्न सक्छन्, महसूस गर्न सक्छन्, तर मानिसहरु उनीहरुसँग कुरा गर्न नै चाहँदैनन् । मजाको कुरा त यो थियो कि उनीहरुमध्ये कोही पनि आपूm मरेको कुरा स्वीकार गर्न चाहँदैनथे ।
एयरपोर्टको हलमा प्रार्थना गरियो, चारै भूतलाई धर्तीको लोभबाट छुटकारा दिलाइयो ।
यस्ता अनगिन्ती घटना दुनियाँभरमा सुन्न पाइन्छ ।
सन् १९६९ को कुरा हो, ब्रिटेनमा अक्सफोर्डशायरको केल्टन थियटरमा प्रख्यात लेखक जोन मोर्गनको कथा ‘हेगिंग वुड’ मा एक नाटक रिहर्सल चलिरहेको थियो । यो कथा एक स्थानीय सुन्दरी मेरी ब्लेडीको चरित्रमा आधारित थियो । मेरीले आफ्नो पतिलाई विष दिएर मारेकी थिइन् । पछि अदालतले मेरीलाई फाँसी दियो ।
रिहर्सल शुरु हुनेवित्तिकै थियटरको कुनामा, छततिर लागेको ठूलो शीशा खस्यो र टुक्रा–टुक्रा भयो । थियटरको बिजुली अचानक बल्ने र निभ्ने गर्न थाले । ढोका आफंै खुल्ने र बन्द हुने हुन थाल्यो । सारा कलाकार चिन्तित भए । उनीहरु टर्चको प्रकाशमा वैकल्पिक व्यवस्थाको बारेमा सोचिरहेका थिए कि थियेटरको पछाडि, पर्दा नजिकै केही हल्लिएझंै भयो, सबैले केही बुझ्नुभन्दा अगाडि नै १७५२ मा फाँसीमा चढाइएकी चर्चित विवादास्पद सुन्दरी मेरी त्यहाँ प्रकट भइन् । हरेक पटकको रिहर्सलको समयमा मेरी त्यहाँ आउँथिन् र नाटकको तयारी मन लगाएर हेर्थिन् । तर उनी कहिले आउँथिन् र कहिले जान्थिन्, कसैलाई थाहा हुँदैनथ्यो । एक पटक एक कलाकारले मेरीसँग सोधे, “के तपाईं भूत बनिसक्नु भयो ?” यो कुरा सुनेर मेरी छक्क परिन् । उनले केही भनिनन् तर उनको अनुहारबाट यस्तो लागिरहेको थियो कि उनलाई यो कुरा सुनेर दुःख लागेको थियो । सायद उनलाई यस बारेमा केही थाहा थिएन । फेरि अचानक उनी गायब भइन् र कहिल्यै देखिइनन् ।