
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।उहाँले आइतबार नै आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको जानकारी सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले दिनुभयो ।महासचिव गौतमका अनुसार उहाँले के कारणले राजीनामा दिनुभएको हो, त्यो भने खुलेको छैन र राजीनामाबारे औपचारिक जानकारी सचिवालयलाई पनि प्राप्त भएको छैन ।




























