३० चैत, काठमाडौं ।एमालेका युवा नेता रामप्रसाद रिजालले माधव नेपालको विधिः पद्धति भनेको ज्वाईलाई राजदुत बनाउनु भाईलाई केन्द्रीय सदस्य बनाउनु पिए लाई केन्द्रीय सदस्य बनाउनु भएको आरोप लगाएका छन् । त्यतिमात्र होईन् सम्धीलाई मन्त्री बनाउनु, गैर सांसदलाई मन्त्री बनाउनु तस्कर भ्रष्टाचारी, देशद्रोहीहरूलाई मन्त्री बनाउनु पार्टी फुटाएको र आफ्नै पार्टी को सरकार ढाल्नु सुर्य चिन्हलाइ लिलामी गरेर कांग्रेस लाई सरकारको तालाचावी दिएको समेत भनेका छन् । प्रधानमन्त्री पदको लागि त्यसबेला राजा ज्ञानेन्द्र लाई भेटी चढाएर लम्पसार परेर खुट्टा ढोग्नु जस्तै भनेर आरोप लगाएका हुन् । राजदूत लगायत सरकारले गर्ने महत्वपूर्ण नियुक्ति मा राम्रो मान्छेलाई हैन आफ्नो नातेदारलाई नियुक्ति गरेको आरोप लगाएका हुन् । आफ्नै पार्टी एकिकृत समाजवादी को केन्द्रीय समितिमा समेत आफ्नै नातेदार नाता कुटुम्ब लाई प्राथमिकता दिएर केन्द्रीय समितिमा राख्नु जस्तै भान्जाज्वाई जगन्नाथ खतिवडालाई पाट्टीको उपमहासचिव प्रवक्ता लगाएत ९ ओटा पद दिनु भाई, भाञ्जाभाञ्जी, सम्धी, ज्वाई बहिनी,भतिजा, भतिजी लगायतलाई केन्द्रीय समितिमा राखेका छन् ।केही समय अगाडी माधवकुमार नेपालले भाषण गर्दा पनि उनी कति पदलोप्त छन् पदको लागि पार्टी फुटाए आफ्नै पार्टी को सरकारले ढाले भन्ने स्पष्ट छ माधवको भाषण नेकपा हुँदा म पदको लागि लडेको होइन विधिः पद्धति को लागि लडेको हो भन्थे तर 'मलाई उधारो होइन नगद चाहिन्छ।'भन्छन् उनले भने।