
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आएका प्रसाई माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रसाई मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । उहाँले भन्नुभयो, "दुर्गा प्रसाईँ मञ्चमा उक्लिने क्रममा गौतमबाट हातपातको प्रयास भएको हो । प्रहरीले तत्कालै नियन्त्रणमा लियो । कुनै अप्रिय घटना हुन पाएन ।"गौतमलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।



























