युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बीच इजरायलले सोमवारबाट उत्तरी गाजा पट्टीमा फेरि युद्ध शुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजा निवासी फरीद महमूदले आफ्नो परिवारमा आठ जना सदस्य रहेको र खाजा खाइरहेको बेलामा क्षेप्यास्त्र प्रहार भएको बताएका छन् । प्रहारमा केही बालबालिकाहरुको मृत्यु भएको बताउनु भयो ।आक्रमणमा आफ्नो सन्तान पनि परेकाले अवशेष खोजिरहेको बताए ।इजरायलले इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्तादेखि पट्टीको उत्तरी भागमा भएका आक्रमणमा कमी आएको थियो । गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएको बताएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।