
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।संघीय संसद भुवनको शंकर हलमा आज विहान बसेको कार्यसम्पादन समितिको बैठकले भोली प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो ।कांग्रेस सरकारमा जाने निर्णयसँगै संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने भएको छ । सरकारमा सहभागी हुने निर्णय गरेपनि कसको नेतृत्वमा जाने र कसलाई मन्त्री बनाउने तय हुन बाँकी छ ।यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो ।गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो ।




























