कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने प्रसंगबारे बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् ।उनले विखण्डनलाई छोड्दा सीके राउतलाई, हिंसालाई छोड्दा नेत्रविक्रम चन्द 'विप्लव'लाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनुपर्ने बताएका छन् ।"विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । सूर्य चिह्न अरू दलले स्वीकार्नु राम्रो कुरा हो," उनले भनेका छन् ।