
काठमाडौं । गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो ।हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सोही क्रमममा केही जेनजीहरुलाई चोट पनि लागेको थियो ।प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ ।सोमबार (मंसिर ८) पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर, प्रधानमन्त्रीसित भेट सम्भव भएको थिएन ।




























