विराटनगर । प्रदेश-१ सत्तारूढ गठबन्धनका दलले स्थानीय चुनावमा वडा तहसम्मै मिलेर जाने सहमति गरेका छन्।शनिबार विराटनगरमा बसेको सत्ता गठबन्धनका प्रदेशका शीर्ष नेताको बैठकले वैशाख ३० मा हुने चुनावमा वडा तहसम्मै मिलेर जाने सहमति गरेको हो।बैठकमा मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्क नेम्वाङ, जसपाका जयराम यादवलगायत सहभागी थिए।बैठकले स्थानीय चुनावमा गठबन्धन गर्ने केन्द्रको निर्णयअनुसार वडासम्मै तालमेल गर्ने सहमति गरेको एकीकृत समाजवादीका नेता घनेन्द्र बस्नेतले जानकारी दिए।