काठमाडौं । विश्वकै सबैभन्दा पुरानो मानिएको गोरिल्लाको ६५ औँ जन्मदिन मनाइएको छ । जर्मनीको बर्लिनमा रहेको बर्लिन चिडियाखानामा फाटौले अप्रिल १३ मा ६५ औँ जन्मदिन मनाएको चिडियाखानाले जनाएको छ ।बर्लिन चिडियाखानालाई उल्लेख गर्दै सीएनएनले जनाए अनुसार फाटौ विश्वकै सबैभन्दा बढी उमेरको गोरिल्ला हो । जन्मदिनमा केक समेत काटिएको थियो भने फाटौका लागि खानाको विशेष परिकार तयार पारिएको थियो ।उक्त गोरिल्ललाई सन् १९५९ मा बर्लिनको चिडियाखानमा ल्याइएको थियो । ट्रुडी नामक गोरिल्लाको मृत्यु भएपछि सन् २०१९ मा फाटौलाई चिडियाखानमा रहेको विश्वकै सबैभन्दा बढी उमेरको भएको भन्दै गिनिज वल्ड रेकर्डमा नाम लेखिएको थियो ।चिडियाखानामा गोरिल्लाको मृत्यु ५० वर्षभित्रै हुने गरेका छ ।