
नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।हिजोको भाउमा तोलाको दुई हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ दुई लाख ३३ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने यथावत नै रहेको छ । चाँदीको भाउ आज दुई हजार नौ सय ६० रुपैयाँ रहेको छ । हिजो पनि त्यही भाउमा कारोबार भएको महासङ्घले जनाएको छ ।




























