सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते म्याद सकिन लागेकाले समितिको म्याद एक बर्ष थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिले गठन आदेशका भरमा रक्षा मन्त्रालय मार्फत पूर्वाधारसम्बन्धी काम गर्दै आएको शर्माले बताउनुभयो ।यसअघि चार बर्षका लागि तोकिएको समयको म्याद सकिन लागेको अवस्थामा विधेयक र कानून नवनेकाले पुन १ बर्ष म्याद थप गर्ने निर्णय भएको उहाको भनाइ छ ।