सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित र्याली निकालेका छन् ।सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरुले आइतबार काठमाडौंमा ह्विलचियरसहित र्याली निकालेका हुन् ।उनीहरुले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सुरु गनेए बिषयमा यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।गत चैत्र १४ गते भएको उक्त सहमति कार्यान्वयन नभएको भन्दै केहिले शान्ति वाटिकामा आमरण अनसन बसिरहेका छन् ।