सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरुले बुधबार काठमाडौंको भृकुटिमण्डपदेखि भद्रकालीसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।सडक अवरुद्ध गरेर प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुले भद्रकालीमा कोणसभा गरेका थिए । उनीहरुले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सुरु गनेए बिषयमा यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।गत चैत्र १४ गते भएको उक्त सहमति कार्यान्वयन नभएको भन्दै केहि अपाङ्गता भएका व्यक्तिहरु शान्ति वाटिकामा आमरण अनसन बसेका छन् ।