
रौतहट । रौतहटको मौलापुर नगरपालिकाले आज सीता जयन्ती भव्यरुपमा मनाएको छ । बिभिन्न कार्यक्रम गरी नगरपालिकाले सीता जयन्ती मनाएको हो ।सीता जयन्तीको अवसरमा नगरपालिकाले पुजापाठ, भजनकिर्तन सहित हर्सोउल्लासका साथ मनाएको छ । मन्दिरमा पुजापाठ गर्दै सीता, रामको भजनकिर्तनले मौलापुर गुञ्जयमान भएको छ ।सीता जयन्तीको अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरेको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले लैंगिक विभेदको अन्त्य सहित नारीको सम्मान दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।मेयर रिना साहको अध्यक्षमा भएको कार्यक्रममा स्थानीय, बुद्धिजिवि एवं सर्वसधारणको विशेष सहभागिता रहेको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जनाएका छन् । मौलापुर नगरपालिकाले विगतमा पनि विभिन्न कार्यक्रम गरी सीता जयन्ती मनाउँदै आएको छ ।राष्ट्रिय विभुती समेत रहेकी सीताले नेपाललाई विश्वमै चिनाउने काम गरेको मेयर साहले जनाएकी छन् । सीता त्याग र संघर्षको प्रतिकको रुपमा रहेको बताउदै उनले सीताबाट अहिलेका महिलाले धेरै कुरा सिक्नुपर्ने बताईन् ।समाज, राष्ट्रका लागि योगदान गर्ने पुरुषहरुको समाजमा चर्चा हुने तर सोही स्तरमा योगदान गर्ने महिलाको चर्चा नहुनु दुःखद भएको उनले बताईन् ।




























