
काठमाडौ । नयाँबानेश्वरस्थित संसद भवनभित्र सूरक्षाकर्मी गोली लागेको अबस्थामा मृत फेला परेका छन् ।
प्रहरी विशेष कार्यदलबाट संसद भवनको सुरक्षार्थ खटिएका अजित गोले गोली लागेको अबस्थामा शौचालयमा फेला परेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् । उनको मृत्यूको कारण थाहा हुन नसकेपनि आफैंले गोली हानेर आत्महत्या गरेको बताइएको छ ।२२ वर्षीय गोले प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




























