
जङ्गी अड्डामा आयोजित कार्यक्रमका बिच प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।सोमबार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गर्दै प्रधान सेनापति शर्माले उल्लेखित पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका पदमा ५५ जना नव नियुक्तहरुलाई सेनापति शर्माले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।




























