काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले न्यायपालिकामा न्यायाधीश प्रक्रिया नै गलत ढंगबाट भइरहेकाले न्यायक्षेत्रमा विकृति र विसंगतिको सुरुवात विन्दु नै न्यायाधीश नियुक्ति प्रकृया रहेको बताएका छन् ।आइतबार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठकमा बोल्दै उनले न्यायाधीश नियुयक्ति गर्दा योग्यता क्षमता र र उसले सम्पादन गरेको कामहरू नहेरी ‘तेरो’ र ‘मेरो’ मान्छेलाई नियुक्त गर्दा न्यायालय सुधार हुन नसकेको बताए । “न्यायधीश नियुयक्ति गर्दा योग्यता क्षमता र उसले सम्पादन गरेको कामहरू नहेरी तेरो वा मेरो मान्छे भन्दै नियुक्त गर्दा न्यायालमा राजनीतीकरण भएको हो,” उनले भने ।मन्त्री कोइरालाले सर्वोच्च अदालतले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन गरेको न्यायपालिकाको विकृत विसंगति सुधार समितिको प्रतिवदेनले पनि न्यायलाय क्षेत्र निष्पक्ष बनाउन न्यायधीशको नियुक्ति निष्पक्ष र स्वतन्त्र ढंगले गर्नुपर्ने कुरा अघि सारेको बताए ।उनले न्यायपरिषदले न्यायधीश नियुक्तिका लागि निर्देशिका तयार गरिसकेको जानकारी दिए । “न्यायपरिषद्ले न्यायधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार पारेको छ , यहीँ हप्ता हामी त्यसलाई राजपत्रमा प्रकाशित गर्छौं र न्यायाधीश नियुक्ति गर्दा पब्लिक अडिटको काम हुनेछ,” उनले भने ।मन्त्री कोइरालाले अघिल्लो हप्ता सार्वजनिक भएको न्यायाधीश र वकिलको अडियो प्रकरणलाई छानबिन गर्न न्यायाधीश रामप्रसाद श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली गठन भएको भन्दै प्रतिवेदन सार्वजनिक हुनासाथ आवश्यक कारबाही न्याय परिषद्बाट अघि बढ्ने जानकारी दिए ।