
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगिमा संलग्न जीबी राईलाई मलेसियाबाट नेपाल ल्याउन प्रयास भइरहेको बताउनुभएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै राईलाई मलेसियाबाट ल्याउन नेपाल र मलेसिया सरकारबीच निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो । उहाले जीबी राइको पक्राउ आफ्नो पक्राउ ब्यग्र प्रतिक्षाको विषय भएको भन्दै कुटनीतिक प्रयासबाट नेपाल ल्याउन सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाले मलेसिया सरकारले माग गरेअनुसारको पत्र समेत पठाइसकेको जानकारी दिनुभयो । राई फरार रहेको आठ महिनापछि आफु सरकारमा आएको भन्दै उनलाई आकाश पातालबाट खोज्न आफु इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताउनुभयो । त्यस्तै उहाले बिभिन्न प्रकरणका फाइलहरु आफुले खोलेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । लामिछानेले गिरिबन्धु प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरो उजुरीको प्रतिक्षा गरेर बसेको भन्दै कुनै पनि काण्डमा फाइल नखोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गर्नुभयो ।उहाले बालमन्दिर, सरकारी छाप किर्ते, सेन्चुरी बैक, बाँसबारी जुता लगाएतका फाइलहरु खुलेको पनि बताउनुभयो ।



























