२०८१ असार ११ काठमाडौँ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो। नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन।विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन्।नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारको लागि सहायक कामदारको रूपमा कार्य गर्नु पर्ने हुन्छ ।
यस्तै, योग्यता पुगेका आवेदकलाई गोलप्रथाबाट छनोट गरिने विभागले जनाएको छ ।
