काठमाडौं । अम्पायरलाई क्रिकेटका नियमहरुको व्याख्याता भनिन्छ – अधिकृत या आधिकारिक व्याख्याता । अब यदि अम्पायरलाई नै खेलको बारेमा या खेल–नियमहरुको बारेमा अधूरो जानकारीले खेल सुचारु सञ्चालन हुन सक्दैन । यसको साथै खेल र खेलाडी, दुवैको नोक्सान पनि हुन्छ । यसमा दुई मत छैन, र धेरै नवयुवकहरु र खेलाडीहरु खराब अम्पायरको शिकार भएर शुरुवातमा नै खत्तम हुन्छन् भन्ने कुरा पनि सत्य हो । यस्ता खेलाडीहरु पनि देखिएका छन्, जसले यदि खेलिरहेको भए धेरै नाम कमाउँथे, तर खराब अम्पायरिङबाट क्षुब्ध भएर उनीहरुले व्रिmकेटमा नै चासो लिन छोडिदिए । धेरैजसो अम्पायर मूर्ख हुन्छन् भन्ने पनि होइन, तर एक भनाइ छ – ‘एक माछाले पूरै तलाउ भ्रमण गर्छ ।’ यो पनि एक मान्यता प्राप्त कुरा हो कि जसलाई पूरै जानकारी छ या जो राम्रो जानकार छ, उसले नियमहरुलाई जुनसुकै समयमा पनि हेरिरहनुपर्छ, ताकि उसले उनीहरुलाई राम्ररी र निष्पक्षताबाट लागू गर्न सकोस् ।
खराब अम्पायरहरुको समस्या हाम्रो देशमा मात्र होइन, क्रिकेट खेल्ने सबै देशहरुमा छ । अम्पायरिङको स्तर सुध्रियोस्, उच्चभन्दा उच्चतम् बनोस् – यसको लागि जहाँ एम.सी.सी.को क्रिकेट नियम–संहिताको नियम–३ अन्तर्गत अम्पायरहरुलाई राम्रो दिशानिर्देश गरिएको छ, त्यही“ ‘एसोसिएशन अफ क्रिकेट अम्पायर्स’ नामक अम्पायरहरुको एक अन्तर्राष्ट्रिय संस्थाले सम्पूर्ण क्रिकेट खेलाडी देशहरुका अम्पायरहरुलाई समय–समयमा क्रिकेट–नियम सम्बन्धी ताजा सूचनाहरु र जानकारी दिने काम गर्छ । यति मात्र होइन, यो संस्था सम्पूर्ण देशहरुमा क्रिकेटका नियमहरुको प्राविधिक व्याख्या एउटै होस् र ती नियमहरु समान रुपले लागू गरिउन् भन्ने दिशामा पनि सतत् प्रयत्नशील छ ।
सम्पूर्ण देशका अम्पायरहरुलाई ‘एसोसियशन अफ क्रिकेट अम्पायर्स’ अर्थात् ए.सी.यू.को सदस्य बन्नुपर्ने हुन्छ । यस संस्थाले आफ्ना सम्पूर्ण सदस्यहरुको लागि व्रिmकेट र त्यसका नियमहरुको लिखित, मौखिक र मैदानमा व्यावहारिक स्तरमा मानक परीक्षाको समायोजन गर्छ । यस परीक्षमा सफल अम्पायरहरु नै अधिकृत र मान्य अम्पायर मानिन्छन् । अर्को शब्दमा भन्ने हो भने कुनै पनि अम्पायरले तबसम्म स्तरीय क्रिकेटमा अम्पायरी गर्न सक्दैन, जबसम्म यस संस्थाबाट दक्षता–परीक्षा पास गर्दैन । व्रिmकेट–विश्वका तमाम देशहरु यस संस्थाद्वारा प्रदत्त मान्यतालाई नै स्वीकार्छन् ।
कुनै पनि स्तरमा अम्पायरिङको स्तर शौकको लागि हुनु हुँदैन र आजका अम्पायरहरुको लागि त हर स्तरमा पेशेवर हुनु अत्यन्त जरुरी छ । पेशेवर हुनुको अर्थ उसले पैसाको कुरा मात्र सोच्नु होइन, बरु उसले मात्र व्रिmकेट जान्नु, बुझ्नु र खेल्नु हो भन्ने कुरा मान्नु पनि हो । व्रिmकेट नै उसको धर्म हो, व्रिmकेट नै उसको कर्म हो भन्ने मान्नु हो । र कुनै पनि अम्पायर जब आफ्नो दृष्टिकोण र व्यवहारबाट पेशेवर हुन्छ अर्थात् क्रिकेटमय हुन्छ, तब उसले आफ्नो कर्तव्य सुचारु रुपले र कुनै पक्षपात या निर्भीकताबिना निभाउँछ । अम्पायर आफ्नो कामप्रति समर्पित हुनुपर्छ, तर समर्पण त्यत्तिकै हुनुहुँदैन । समर्पणको साथ–साथै खेलमा पूरै नियन्त्रण हुनुपर्छ, ताकि खेलाडीले खेलको पूरै र साँचो आनन्द लिन सकोस् । थाहा भएकै कुरा हो, यो तबमात्र सम्भव छ, जब अम्पायरिङ यथासम्भव उच्चतम स्तरको हुन्छ ।
म्याचलाई सुचारु रुपले चलाउन र उच्चतम अम्पायरिङको स्तरको लागि अम्पायरलाई बढीभन्दा बढी मैदानी अनुभव र प्रशिक्षण मिल्नु आवश्यक छ । जसरी खेलाडीहरुलाई कलाकौशल निखार्नको लागि सतत् अभ्यास, रचनात्मक दिशानिर्देशको आवश्यकता हुन्छ, त्यसरी नै अम्पायरहरुलाई आफ्नो कौशल र अनुभव निखार्नको लागि लगातार अभ्यास र रचनात्मक दिशानिर्देशको आवश्यकता हुन्छ । यसको लागि नयाँ अम्पायरहरुलाई राम्रो प्रशिक्षण र अभ्यास मिल्नु र अनुभवी अम्पायरले खेलका परिवर्तित तरिकाहरुबाट आफूलाई बराबर परिचित गर्नु जरुरी छ । अर्थात् जहाँ नयाँ अम्पायरहरुलाई सतत् अभ्यास र प्रशिक्षणको आवश्यकता हुन्छ, त्यही“ पुराना र अनुभवी अम्पायरहरुको लागि उनीहरुलाई खेलका नियमहरु र प्रविधिको ताजा स्थितिको पूरै र सही जानकारी हुनु जरुरी छ ।
अम्पायरिङ विज्ञानका सिद्धान्तहरुझैं छ । जसरी विज्ञानका सिद्धान्तहरुलाई जान्न र बुझ्नको लागि तिनीहरुको गहिराइपूर्वक अध्ययन जरुरी छ, त्यसरी नै क्रिकेटका नियमहरुलाई जान्न–बुझ्नको लागि तिनीहरुको समुचित अध्ययन जरुरी छ । तर जसरी थ्योरीमा पढेका–बुझेका सिद्धान्तहरुलाई प्रयोगशालामा अपनाइन्छ, त्यसरी नै क्रिकेटका नियमहरुलाई पनि मैदानको प्रयोगशालामा भिन्न–भिन्न परिस्थितिहरुको छायाँमा अपनाइन्छ । मैदानमा अम्पायरले एक क्षणांशमा निर्णय दिनुपर्ने हुन्छ, यो तब मात्र सम्भव छ, जब अम्पायरको ज्ञान–भण्डार पर्याप्त समृद्ध हुन्छ र उसमा स्थितिअनुसार सही निर्णय लिने क्षमता हुन्छ । यो सतत् अभ्यास र अनुभवबाट नै सम्भव । उक्त कालमा अम्यापरको लागि थ्योरीलाई निकाल्नको लागि कुनै समय हुँदैन ।
आउनुहोस् हेरौं, एक अम्पायरले क्रिकेटका नियमहरुलाई विभिन्न परिस्थितिहरुमा कसरी लागू गर्दै खेललाई सुचारु सञ्चालन गर्नसक्छ ।
प्रारम्भिक कर्तव्यः१. अम्पायर व्रिmकेट नियमहरुको अधिकृत व्याख्याता हुन्छ भन्ने कुरा पहिले नै बताइएको छ । अक्सर उसको भूमिका प्रशंसनीय हुन्छ र बहुमूल्य त सधैं नै हुन्छ । तर यसको साथै उसको काममा आलोचनाको गुञ्जाइश पनि हुन्छ । भनाइको ताप्पर्य के हो भने अम्पायरले आफ्नो काम जतिसुकै तत्परता–निष्पक्षताबाट गरे पनि उसले कही“ न कही“ आलोचना र टीकाटिप्पणीको शिकार हुनु नै पर्छ । अतः आलोचनाबाट क्षुब्ध नभएर उसले आफ्नो काममा राम्रो नतिजा दिइरहनु पर्छ ।
२. अम्पायरले आज क्रिकेटको खेलाडी पूरै पेशेवर भइसकेको छ भन्ने कुरा बिर्सिनु हुँदैन । उसलाई व्रिmकेटबाट बेहिसाबले पैसा मिलिरहेको छ र मैदानमा बसेका दर्शकहरुमा ऊ निकै लोकप्रिय छ भन्ने कुरा बिर्सिनु हुँदैन । थाहा भएकै कुरा हो, आफ्नो यस स्थितिको फाइदा उठाउनको लागि यी पेशेवर खेलाडीहरु अम्पायरमाथि दबाब पार्नको लागि किसिम–किसिमका हथकण्डा अपनाउँछन् । उसको सही निर्णयमा पनि अस्वीकृति देखाउँछन्, बेमन गरेर क्रीज छोड्छन्, अम्पायरसँग बिनाकारण बहस गर्छन् र फतफताउँदै पेभिलियन छोड्छन् । खेलाडीहरुका यी हरकतहरुले कहिलेकाही“ दर्शकहरुलाई उत्तेजित पारिदिन्छन् र उनीहरु सम्बन्धित अम्पायरको नाम लिएर ‘हाय, हाय’ को नारा लगाउन थाल्छन्, उसमाथि किसिम–किसिमका कुरा गर्न थाल्छन् । अतः एक राम्रो र समझदार अम्पायरले यी कुराहरुको वास्ता नगरेर निष्पक्षता, तत्परता र दृढताको साथ आफ्नो कामको नतिजा दिनुपर्छ । किनकि धेरैजसो खेलाडीहरु र दर्शकहरुलाई व्रिmकेटका नियमहरुको समुचित जानकारी हुँदैन । कम्तिमा अम्पायर जति त हुँदै हुँदैन ।३. खेलाडीहरुको एक निश्चित भेषभूषाझैं अम्पायरको पनि निश्चित भेषभूषा हुन्छ – कालो पाइन्ट, सेतो लामो कोट र कालो जुत्ता ।
४. ओभर बल गन्नको लागि तपाईं आफ्नो खल्तीमा छ ढुंगा, सलाइका काँटीहरु या सिक्का अवश्य राख्नुहोस् । यी चीजहरु राख्नुभएन भने अरु नै चीज राख्नुहोस्, ताकि बलको गन्तीमा कुनै प्रकारको गल्ती नहोस् ।
५. म्याचभन्दा पहिलेका कर्तव्यहरुमा एक हो – टस गराउनु । म्याच शुरु हुनुभन्दा कम्तिमा पन्ध्र मिनेट पहिले दुवै कप्तानहरुको बीचमा टस गराउनु अम्पायरको प्राथमिक कर्तव्य हो । यसको साथै केही अन्य स्थानीय मुद्दाहरुमा पनि विचार–विमर्श हुनुपर्छ । जस्तै– मैदानको सीमाभित्र झुकेको रुख । विकेटमा फेरिने रोलर आदि ।
६. म्याच खेलाउनको लागि दुई अम्पायरहरु हुनु जरुरी हुन्छ भन्ने कुरा थाहा भएकै हो । अतः दुवै अम्पायरहरुले आफ्नो घडी त्यस घडीसँग मिलाउनुपर्छ, जसको समयमा म्याच खेलाउनु छ । यसको साथै दुवै कप्तानहरुलाई पनि त्यस घडीको बारेमा सूचित गरिदिनुपर्छ ।
७. अम्पायरले म्याच शुरु हुने निश्चित समयभन्दा पाँच मिनेट पहिले मैदानमा पुग्नुपर्छ । तर मैदानमा जानुभन्दा पहिले प्राक्टिस गरिरहेका खेलाडीहरु या खेलाडीहरुको प्राक्टिस बन्द गरेर तयार हुने आदेश दिनुपर्छ ।
८. दुवै अम्पायरहरुले एकैसाथ मैदानमा प्रवेश गर्नुपर्छ ।
९. दुवैजना एकैसाथ हि“ड्दै पिचसम्म पुग्नुपर्छ ।
१०. पिचमा पुग्नेबित्तिकै दुवै अम्पायरहरु स्वाभाविक रुपले अलग हुन्छन् । पहिले नै तय गरिएअनुसार एक अम्पायर ब्याटिङ तर्फ (जहाँ ब्याट्समेन पहिले खेल्नेछ) उभिनुपर्छ, दोस्रो अम्पायर बलिङ तर्फ उभिनुपर्छ ।
११. दुवै अम्पायरहरुले आफ्नो–आफ्नो भागमा भएका स्टम्प, बेल्स, बलिङ क्रीज, ब्याटिङ क्रीज सही स्थितिमा छन् या छैनन् भनेर तिनीहरुको निरीक्षण गर्नुपर्छ ।
१२. ब्याटिङ गर्न आएका ब्याट्समेनलाई बलिङ भागमा उभिएको अम्पायरले गार्ड दिन्छ । अतः गार्ड दिने समयमा त्यस अम्पायरले मिडिल–स्टम्पको लाइनमा रहनुपर्छ । ब्याट्समेनले कुन प्रकारको गार्ड माग्छ भन्ने कुरा छ ।
१३. खास ब्याट्समेनले तीन प्रकारबाट गार्ड माग्नसक्छ –
(क) मिडिल स्टम्पबाट ।
(ख) लेग स्टम्पबाट । तथा
(ग) लेग र मिडिल स्टम्पबाट । यसलाई टु–लेग्स गार्ड पनि भनिन्छ ।
१४. यदि ब्याट्समेनले सामुन्नेको साइट–स्क्रीनलाई दायाँ–बायाँ खस्काउन चाहन्छ भने अम्पायर त्यस स्थानलाई केन्द्र मानेर हि“ड्छ, जहाँबाट बल फ्याँकिन्छ ।
१५. खेल शुरुभन्दा पहिले बलिङ भागको अम्पायरले विपक्षी कप्तानले आफ्नो फिल्ड पूरै सजाएको छ भन्ने सुनिश्चित गर्नुहोस् ।
१६. यसको साथै बलिङ भागको अम्पायरले अर्को अम्पायरले आफ्नो स्थान ग्रहण ग¥यो या गरेन तथा स्कोरर तयार छ भन्ने कुरा हेर्नुहोस् ।
१७. यति सबै कुरा हेरिसकेपछि, थाहा पाइसकेपछि खेल शुरु हुनुपर्छ । ब्याट्समेन पनि गार्ड लिएर पूरै तयार छ, अतः बलिङ भागको अम्पायरले ‘प्ले’ भनेर खेल शुरु गराउनुहोस् ।
१८. बलिङ भागको अम्पायर झुकेर उभियोस् या सीधा – यो कुरा पूरै उसैमाथि निर्भर छ । यदि बलरले उसलाई केही यताउता हुनको लागि भन्यो भने उसले हुनुपर्छ, तर ऊ जुन स्थानमा उभिरहेको छ, त्यहाँबाट उसको कर्तव्य–पूर्तिमा त कुनै किसिमको व्यवधान आइरहेको छैन भन्ने कुरा चाहि“ अवश्य हेर्नुहोस् ।
१९. खेल शुरु गरिसकेपछि बलिङ तर्फको अम्पायरले जुन पहिलो निगरानी गर्नुपर्ने हुन्छ, त्यो हो बलरको खुट्टामाथि दृष्टि । जब बलरले बल फ्याँकिसक्छ, तब अम्पायरले बलको फ्लाइट र ठक्कर खाने स्थानमा दृष्टि पार्नुहोस् ।
२०. जब ब्याट्समेनले बल खेल्छ, तब बलिङ तर्फको अम्पायरले आफ्नो ध्यान त्यतातर्फ गर्नुपर्छ, जतातर्फ बल हिट भएर गएको छ या गइरहेको छ । यस्तो गर्नुको पछाडि अम्पायर यस्तो स्थितिमा आओस्, जहाँबाट ऊ ननस्ट्राइकर या आफूतर्फ उभिएको ब्याट्समेनलाई रनआउट गर्ने कुनै पनि सम्भावित कोसिसमाथि सही निर्णय लिन सकोस् भन्ने उद्देश्य हुन्छ ।
२१. ब्याट्समेनको भागतर्फको अम्पायरले ब्याटिङ–क्रीजको लाइनमा पिच जति नै दूर उभिनुपर्छ ।
२२. हर बल दिइनुको साथै बलिङतर्फको अम्पायरले बलरको बलिङ एक्शनमाथि ऊ सही एक्शनबाट बलिङ गरिरहेको छ या छैन भनेर दृष्टि राख्नुपर्छ ।
२३. त्यसपछि उसले आफ्नो ध्यान ब्याट्समेन र उसको विकेटमाथि केन्द्रित गर्नुपर्छ ।
२४. ब्याट्समेनतर्फको अम्पायरले बलमाथि दृष्टि राख्नु हुँदैन, अन्यथा शर्ट–रन र हिट–विकेटको मामलामा उसबाट भूल हुनसक्छ ।
२५. कहिले कुनै मामलामा समस्या भयो या निर्णय दिन समस्या प¥यो भने दुवै अम्पायरहरु परस्पर सल्लाह गर्न सक्छन् । तर यो जति संक्षिप्त र कम हुन्छ, त्यति नै राम्रो हुन्छ । कहिलेकाही“ खेलाडी बीचमा आउँदा बलिङतर्फको अम्पायरले रन–आउट, हिट–विकेट या क्याच हेर्न सकेन भने उसले ब्याट्समेनतर्फको या स्क्वायर लेगमा उभिएको अम्पायरबाट वस्तुस्थिति थाहा पाउनुपर्छ । स्क्वायर लेगमा उभिएको अम्पायरले पनि ब्याट्समेन आउट छ या छैन भनेर आफ्नो साथीलाई सही स्थिति बताइदिनुपर्छ ।
२६. कहिलेकाही“ अर्को भागमा उभिएको अम्पायरले बलिङ भागतर्फको अम्पायरबाट बलको गन्तीको बारेमा थाहा पाउन चाह्यो भने बलिङ भागतर्फको अम्पायरले यति बल रहेको छ भनेर इशाराले बताउन सक्छ ।
खेलको सुचारु सञ्चालनःआफ्नो अम्पायरका प्राथमिक कर्तव्यहरु पढ्नुहोस् । अब आउनुहोस् हेरौं, म्याचको सुचारु सञ्चालनको लागि अम्पायरले नियमहरु कसरी र कुन परिस्थितिहरुमा लागू गर्नुपर्ने हुन्छ ।
उसो त स्थानीय परिस्थिति अनुसार नियमहरुमा केही फरक पर्नसक्छ, तर एम.सी.सी. द्वारा जारी गरिएको नियम–संहिता नै विश्वभरिमा लागू गरिन्छ । क्रिकेटको पहिलो नियम–संहिता १७४४ मा बन्यो भन्ने कुरा तपाईंलाई थाहा छँदैछ । तब यो पम्फलेट र लिनेनका रुमालहरुमा छापिएको थियो । यसलाई ‘१७४४ को संहिता’ भनिन्छ । तथापि, व्रिmकेटका नियमहरुको आधारशीला यही कोड हो । १७८७ मा लण्डनको डोरसेट स्क्वायरमा टम लर्डले आफ्नो क्रिकेट ग्राउण्ड शुरु गरे, एम. सी. सी. क्रिकेटको स्थापना भयो । सबैबाट एम.सी.सी. नियम–संहिताको नियाकम संस्था बन्यो । आज पनि नियमहरुमा कुनै पनि प्रकारको संशोधन तब मात्र मान्य हुन्छ, जब त्यसलाई एम.सी.सी.को पुष्टि मिल्छ । १७८८ मा एम.सी.सी.ले क्रिकेट नियमहरुमा पहिलो पटक संशोधन ग¥यो । अन्तिम पटक व्रिmकेटका नियमहरुमा मूलभूत परिवर्तन १९४७ मा गरियो, जब ६० पुराना नियमहरुलाई काँटछाँट र संशोधित गरेर ४७ नियमहरु मात्र राखिए । त्यस बेलादेखि अहिलेसम्म नियमहरुमा धेरै साधारण परिवर्तनहरु भएका छन् र यिनै नियमहरुको माध्यम विश्वभरिमाक्रिकेट खेलिन्छ ।
१. मैदानमा क्षेत्ररक्षण गरिरहेका टीमका खेलाडीहरु, ब्याट्समेनहरु र दुवै अम्पायरहरुको अलावा अरु कोही बस्न सक्दैन । तर नियमअनुसार यदि कुनै खेलाडीलाई चोट लाग्यो या बिरामी भयो भने उसको स्थानमा सब्स्टीट्यूट खेलाडीलाई बोलाउन सकिन्छ । यसरी नै यदि ब्याट्समेनलाई चोट लाग्यो भने उसलाई दौड्नको लागि ‘रनर’ प्रदान गर्ने प्रावधान पनि छ । घायल या चोटग्रस्त ब्याट्समेन ब्याटिङ गरिरहेको छ भने बल खेलिसकेपछि पनि उसले क्रीजमा नै रहनुपर्छ । यदि त्यो ब्याट्समेन बल खेलेर क्रीजबाट बाहिर निस्किएको छ र उसमाथि रन आउटको अपील गरिएको छ, तब चाहे उसको रनर क्रीजमा नै उभिएको छ भने घायल ब्याट्समेन आउट मानिनेछ भन्ने कुराको ध्यान अम्पायरले राख्नुपर्छ । यसरी नै यदि ब्याट्समेन क्रीजमा र रनर क्रीजबाट बाहिर र विकेटकीपरले बल हानेर उसको विकेट झारिदिन्छ भने पनि ‘रनर’ को कारणले ब्याट्समेन आउन आउट मानिनेछ । यदि रनर हुँदा–हुँदै पनि ब्याट्समेन रनको लागि दौड्यो, तर उसको रनर दौडेन भने ब्याट्समेनका ती रनहरुलाई अमान्य गरिदिनुपर्छ भन्ने कुरा पनि अम्पायरले ध्यान दिनुपर्छ । यानि ‘रनर’ दौडेपछि नै रन मानिनेछ – चाहे ब्याट्समेन सँगै दौडे पनि । तर ‘रनर’ हुँदा–हुँदै एक्लै ब्याट्समेन मात्र दौड्दा रन मानिदैन ।
२. एक ब्याटिङ क्रीजबाट दोस्रो ब्याटिङ क्रीजसम्म दुवै ब्याट्समेनहरु पुगेपछि नै एक रन मानिन्छ । यदि दुवै मध्ये एक ब्याट्समेन ब्याटिङ क्रीज या रिटर्न क्रीजबाट पहिले नै या त्यस रेखालाई छोएर नै फिर्ता दौडिन्छ भने त्यो रन मानिनेछैन । ब्याटिङ क्रीज या रिटर्न क्रीजलाई ब्याट्समेनले या त आफ्नो ब्याटबाट पार गर्नसक्छ या आफैं क्रीजमा पुग्नसक्छ या आफ्नो शरीरको कुनै पनि भागबाट ब्याटिङ क्रीजलाई पार गर्नसक्छ । यदि उसले यस्तो गरेन भने शर्ट–रन मानिन्छ – त्यसलाई गनिदैन ।
यो शर्ट–रनको इशारा अम्पायरले बलको ‘डेड’ हुँदा आफ्नो हातलाई काँधमाथि ल्याएर गर्छ ।
३. हिट गरिएको बलले सीमारेखा पार गरेमा अम्पायरले ब्याट्समेनलाई चार रन दिने इशारा गर्छ । यदि बल ठक्कर नखाइकन सीमारेखाबाट बाहिर गयो भने छ रन दिइन्छ । कैयौं पटक टेलिभिजनमा बल सीमारेखाभन्दा बाहिर कसरी गएको देखिन्छ भने अम्पायरले यो छक्का भयो या चौका भन्ने कुराको अन्दाज नै लगाउन सक्दैन । यस्तो अवस्थामा अम्पायरले बल फिल्ड गरिरहेको खेलाडीसँग सोधेर नै आफ्नो निर्णय दिनुपर्छ । कहिलेकाही“ बल ठक्कर नखाइकन सीमारेखामा झर्छ र त्यसपछि पारि जान्छ – यस्तो अवस्थामा चौका नै मानिनेछ, छक्का होइन – किनकि बलले ठक्कर सीमारेखामा खाएको हो, सीमारेखाको बाहिर होइन । छक्का तब मानिनेछ, जब बल ठक्कर नखाइकन सीमारेखाबाट बाहिर या पारि जान्छ ।
चौकाको लागि अम्पायरले आफ्नो दायाँ हात बाहिरतर्फ जमीनको समानान्तर फैलाउँदै आफ्नो छातीमा ल्याएर र त्यसपछि बाहिरतर्फ फिर्ता लगेर गर्छ । छक्काको लागि त उसले दुवै हातहरु माथि उठाइदिनुपर्छ ।
४. कैयौं पटक फिल्डर बलको पछाडि दौड्दा–दौड्दै सीमारेखाको एकदमै नजिक गएर बललाई रोकेको या बललाई उठाएको देखिन्छ । यस्तो अवस्थामा यदि बल उसको हातमा छ र ऊ दौड्दा सीमारेखामा भएको जाली या झाडीमा टकराउँछ भने चौका मानिनेछैन, जबसम्म बल सीमासँग टकराउँदैन । तर यदि यस्तो अवस्थामा त्यो आफैं खेल–मैदानको सीमाबाट बाहिर निस्कियो भने ब्याट्समेनलाई चार रन दिनुपर्छ ।’
५. यसरी नै यदि ब्याट्समेन बललाई डीपमा खेलेर अन्तिम बलमा एक रन लिएर ब्याट्समेनको पालो बनाइराख्न चाहन्छ र क्षेत्ररक्षक जानी–बुझी खुट्टाले बललाई सीमारेखा पार गरिदिन्छ भने अम्पायरले क्षेत्ररक्षण गरिरहेको टीमलाई दण्डित गर्नुपर्छ र भविष्यमा यस्तो हरकत नगर्ने चेतावनी दिनुपर्छ । यस्तो अवस्थामा ब्याट्समेनद्वारा बनाइएको एक रन त मानिने नै छ र यसको साथै उसलाई पाँच रन दिइनेछ र ब्याट्समेनले आफ्नो ब्याटिङको पालो बनाइराख्न सक्नेछ ।
६. तर हो, यदि क्षेत्ररक्षकले बलको पिछा नै गरिरह्यो, त्यसलाई छोएन या रोकेन र बललाई सीमारेखा बाहिर जान दियो भने त्यस स्ट्रोकबाट ब्याट्समेनलाई चार रन नै मिल्नेछ र पालो परिवर्तन गर्नुको बावजुद ब्याट्समेनले आफ्नो पहिलेको पालोमा नै फिर्ता हुनुपर्नेछ ।
७. यदि बल ओभर–थ्रो भएर सीमारेखाभन्दा बाहिर गयो भने यस्तो अवस्थामा यदि ब्याट्समेन रन लिनको लागि दौडे, तर एक–अर्कालाई क्रस गरेनन् अर्थात् आफ्नो–आफ्नो स्थानमा पुगेनन् र क्षेत्ररक्षकद्वारा फिल्ड गरेर फ्याँकिएको बल सीमारेखाको बाहिर गयो भने ब्याट्समेनलाई चार दिनुपर्छ । तर यदि ब्याट्समेनले एक–अर्कालाई क्रस गरेका छन् भने एक अरु जोडिएर ब्याट्समेनलाई पाँच रन मिल्नेछ । र यदि ब्याट्समेनले तेस्रो रन लिने कोसिसमा एक–अर्कालाई क्रस गरेर गए र बल ओभर–थ्रो भएर सीमारेखा बाहिर गयो भने ब्याट्समेनले सात रन पाउँछ । अतः ओभर–थ्रोको मामलामा अम्पायरहरुले सतर्क रहनुपर्छ र बल फ्याँकिएपछि ब्याट्समेनहरुले एक–अर्कालाई क्रस गरे या गरेनन् भन्ने कुरा ध्यानमा राख्नुपर्छ ।
८. बल विकेटकीपर या बलरको हातमा फर्केर आएपछि त्यसलाई खेल मानिदैन, ‘डेड’ मानिन्छ ।
९. यदि बल ब्याट्समेनको प्याडमा अड्कियो या फँस्यो भने पनि ‘डेड’ मानिन्छ । तर यदि विकेटकीपरको प्याडमा अड्कियो या फँस्यो भने बल ‘डेड’ मानिदैन ।
१०. यसको अलावा बल त्यसबेला पनि ‘डेड’ मानिन्छ, जब यदि अम्पायरले तल दिइएका कारणहरुबाट खेल रोक्ने निर्णय गर्छ –
(क) यदि कुनै कारणवश ब्याट्समेन बल खेल्नको लागि तयार छैन ।
(ख) यदि बलरले बल फ्याँक्ने क्रियाभन्दा पहिले नै बल झारिदिन्छ या छोडिदिन्छ या उसको हातबाट छुट्छ ।
(ग) यदि ब्याट्समेनले बल पाउनुभन्दा पहिले नै ब्याट्समेनको तर्फका विकेटहरुको एक या दुवै बेल्स झर्छन् ।