काठमाडौँ– भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा आठजनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन्। सातजना घाइते भएका छन्।विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी–पहिरोले जनधनको व्यापक क्षति भएको छ ।
काठमाडौँस्थित नागार्जुन नगरपालिका-३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका-६ का मनोज विकको मृत्यु भएको थियो। पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका-५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ।
उक्त अवधिमा बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छभारी वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएका छन्।