
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।रवि लामिछाने क्लबले पार्टी कब्जा गर्दा आफू पार्टीबाट निकालिएको बताए ।पार्टी बनाउन पार्टीले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ । तर, अहिलेसम्म रवि लामिछाने क्लबले निर्णय गरिरहेको उनको आरोप छ ।पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो । त्यसपछि उनले आफूृ रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए ।उनले भने,‘देशमा बाढी पहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन । उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’




























