काठमाडौँ- नेकपा (एमाले) का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिनको लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको बताउनुभएको छ ।शनिबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गर्दै मुलुकलाई स्थायित्व दिनको लागि ठूला दल मिलेर सरकार बनाउन लागेको बताउनुभएको हो ।दुई दलबीच भएको सहमति शुक्रबारबाटै कार्यान्वयन सुरु भैसकेकोले अब बाँकी सहमतिका बुँदाहरु पनि विस्तारै कार्यान्वयन हुने बताउनुभयो ।कांग्रेस र एमालेबीच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने उहाले बताउनुभयो । यस्तै उहाले आफूहरुले कांग्रेस र माओवादीको गठबन्धन तोड्नको लागि नीति नै बनाएको र त्यसमा दुई पटक सफल भएको जिकिर गर्नुभयो ।