
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार बस्दैछ। आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे छलफल हुनेछ।।बैठकमा प्रधानमन्त्री केपी शर्मालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।राप्रपाको निर्देशन समितिको बैठकले शनिबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको छ ।सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताइन्।प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन्।




























