२०८१ श्रावण १६ गते काठमाडौं ।भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भिषण बाढी पहिरोले कम्तिमा ५० जना बेपत्ता भएका छन् ।भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ ।मध्यरातमा बर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको संख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ ।
अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ ।