
भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ संघले आफ्नो ३०औँ सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरूसहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।विश्व मेडिकल एसोसिएसनका विज्ञहरूको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रूपमा चिकित्सकहरू सहभागी हुनेछन् । अध्यक्ष डा. कार्कीका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ ।कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुने बताइएको छ ।



























