![]()
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतीय सहयोगमा निर्माण भइरहेका आयोजनाको कार्यान्वयनमा समस्या देखिए समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।सोमबार सिंहदरबारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंगको शिष्टाचार भेटवार्ताका क्रममा सचिव मिस्रीले भारतीय सहयोगमा निर्माण भइरहेका आयोजनाको कार्यान्वयनका बिषयमा छलफल गर्दै केहि समस्या भए दुवै पक्ष मिलेर समाधान गर्ने बताउनुभएको हो । भविष्यमा हुन सक्ने बिकास सहायतामा पनि भारतको सहयोग आवश्यक रहेकोमा पौडेलले जोड दिनुभएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिनुभयो ।त्यस्तै सोमबार नै भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।




























