काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन जनाको ज्यान जानेगरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।उनले शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गरे ।अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी मृत्यु भएको खबरले स्तब्ध भएको बताएका छन् ।उक्त दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो ।