काठमाडौं। नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन्।स्थापितलाई नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाउने निर्णय गरेको थियो।हेटौंडा पुगेर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिबार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो। उनी काठमाडौं महानगरका पूर्वमेयरसमेत हुन्।