काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार सिंहलाई मेयर पदको टिकट दिएका हुन्। उनी कांग्रस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। सिंह महिला संघ काठमाडौंको सल्लाहकार पनि हुन्।यसअघि कांग्रेसबाट काठमाडौं महानगरको मेयरका लागि सिंहसहित ५ जनाको नाम सिफारिस गरेको थियो। सत्ता गठबन्धनले उमपेयरमा एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ। काठमाडौं महानगरमा गठबन्धनबाट मेयर कांग्रेसलाई र उमपेयर एकीकृत समाजवादीको भागमा परेको हो।कांग्रेसले आजै ललितपरको मेयरमा चिरिबाबु महर्जन र विराटनगर महानगरपालिकामा नगेश कोइरालाई उठाउने निर्णय गरेको हो।