चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन्। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन्। उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।दाहाल भरतपुर महानगरपालिकाको वर्तमान मेयर हुन्।सत्ता गठबन्धनभित्र सहमति जुटेपछि दाहालले महानगरपालिकाको मेयरको टिकट पाएकी हुन्। २०७४ सालको निर्वाचनमा दाहाल भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनबाट मेयरमा विजयी भएकी थिइन्।दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए।