कपिलवस्तु । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी सचेत नेपाली पार्टीले देशभर आफ्ना उम्मेदवार उठाएको छ। यस्तै कपिलवस्तु शुद्धोदन गाउँपालिकाको वडा नं.६ वडा अध्यक्षमा जयप्रकाश यादव लाई उम्मेदवार बनाएको हो । अध्यक्षमा यादवसहित सदस्यमा राम औतार अहिर र असर्फी पासी, महिला सदस्यमा तारमति अहिरन उम्मेदवार बनाएको हो ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।